Sajhamanch Archive

भारतमा १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाइने

Published: in विश्व समाचार, समाज, स्वास्थ्य, by .

नयाँदिल्ली । भारतमा १८ वर्षमाथिका सबै व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप दिइने भएको छ । संक्रमणको दर बढेसँगै भारत सरकारले आगामी मे १ देखि १८ वर्षमाथिका सबैलाई खोप दिने तयारी गरेको हो ।

यद्यपि, धेरै राज्यहरुमा खोपको अभाव भइरहेको बेला सबै युवालाई पुग्ने खोप कसरी व्यवस्थापन हुन्छ भन्ने प्रष्ट नभएको बीबीसीले उल्लेख गरेको छ ।

गत हप्ता त्यहाँको सरकारले दुई करोड ७० लाख डोज मात्र खोप बाँकी रहेको जानकारी दिएको थियो । अहिले खोप कार्यक्रम सञ्चालन भइरहेको दरमा खोप लगाउने हो भने मौज्दात खोपले ९ दिनलाई मात्र पुग्ने बताइएको छ ।

भारतमा अहिले स्वास्थ्यकर्मी, फ्रन्टलाइनर र ४५ वर्षमाथिका व्यक्तिहरुलाई खोप दिइँदै छ । तर, महाराष्ट्रमा भने खोप अभाव भएको भन्दै धेरै मानिस खोप केन्द्रबाटै फर्किएका छन् ।

भारतमा अहिले सेरम इन्स्टिच्युट, भारत बायोटेकको खोप र रुसी स्पुतनिक–भीले आपत्कालीन प्रयोगको अनुमति पाएका छन् । उत्पादक कम्पनीले उत्पादनको ५० प्रतिशत खोप केन्द्रीय सरकारलाई बुझाएपछि मात्र बाँकी खोप राज्य सरकार र खुला बजारमा किक्री गर्न पाउने व्यवस्था छ ।

यही अप्रिल १५ देखि भारतमा दैनिक दुई लाख बढीमा कोरोना संक्रमित भेटिन थालेपछि खोप कार्यक्रमलाई तीव्रता दिइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *