Sajhamanch Archive

धनकुटा, लमजुङ र कञ्चनपुरमा तीनजना मृत फेला

Published: in मिडियाबाट साभार, समाज, by .

 काठमाडौं । धनकुटा, लमजुङ र कञ्चनपुरमा तीनजना मृत अवस्थामा फेला परेका छन् ।

धनकुटाको महालक्ष्मी नगरपालिका–३, जिमि गाउँ बस्ने लीलाबहादुर मख्राको घरको बरन्डामा रहेको खाटमा सोही ठाउँ बस्ने ४८ वर्षीय भुपाल खाती मृत अवस्थामा फेला परेका छन् ।

लमजुङको राइनास नगरपालिका–१०, लामागाउँस्थित लामागाउँ सामुदायिक जंगलमा दाङको तुल्सीपुर नगरपालिका–२ बस्ने २० वर्षीय सुमन चौधरी मृत अवस्थामा फेला परेका छन् ।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५, झिलमिलास्थित महाकाली सिँचाइ शाखा नहरमा सोही ठाउँ बस्ने ५५ वर्षीया घुम्मा राना मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *