Sajhamanch Archive

नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by .

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत अहिले नेपाल र नेदरल्यान्ड्स खेल्दै छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

आजको खेलमा नेपाल जित निकाल्दै फाइनलमा पुग्ने योजनामा छ । यसअघिका दुई खेलमा विजयी नेपाल आजको खेलमा पनि सहज जित निकाल्ने योजनामा छ ।

नेपालले शनिबार भएको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा पनि नेपालले मलेसियालाई ९ विकेटले हराएको थियो ।

नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म आठ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल भएको छ । जसमा नेपाल चार खेलमा विजयी हुँदा तीन खेलमा पराजित भएको थियो । एक खेल वर्षाको कारण नतिजाविहीन रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *