Sajhamanch Archive

६ कर्मचारीलाई कोरोना पुष्टि भएपछि बाँकेमा वडा कार्यालय बन्द

Published: in मिडियाबाट साभार, स्वास्थ्य, by .

काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का ६ जना कर्मचारीमा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

८ जना कर्मचारी मध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जोखिमलाई मध्यनजर राखेर परिस्थिति अनुकुल नभएसम्मका लागि वडा कार्यालयबाट प्रदान गरिने सेवा बन्द गरिएको वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिए ।

‘वडाका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई जना कर्मचारीको रिपोर्ट आउन बाँकी छ,’ वडाध्यक्ष रिजालले भने, ‘यस्तो अवस्थामा सेवा दिन गाह्रो छ । अत्यावश्यक सेवा प्रदान गर्नुपर्ने नै अवस्था आएमा त्यसको वैकल्पिक बाटो खोजिने छ ।’

वडाध्यक्ष रिजालका अनुसार दुई जना कर्मचारीको रिपोर्ट शनिबार र चारजनाको रिपोर्ट सोमबार राति आएको बताए । संक्रमण पुष्टि भएका सबै जना कर्मचारी होमआइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको वडाध्यक्ष रिजालले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *