Sajhamanch Archive

कोरोनाको कारण अन्य सेवा प्रभावित नगर्न मन्त्रालयको निर्देशन

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by .

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का कारण अन्य रोगका बिरामीलाई सेवा प्रवाहमा लापर्वाही नगर्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।

कोभिड–१९का कारण अन्य नियमित तथा आकस्मिक सेवा प्रवाहमा नागरिकलाई कठिनाई भएकोप्रति ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले व्यवस्थापनमा जोड दिन निर्देशन दिएको हो ।

मन्त्रालयले आकस्मिक सेवाको व्यवस्था सम्बन्धित अस्पतालमा नै मिलाउन र अन्य अस्पतालमा शैय्या उपलब्ध भएको खण्डमा मात्रै रिफर गर्नसमेत अस्पतालहरुलाई निर्देशन दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *