बाँकेमा लकडाउन गर्न सिफारिस
Published:
by .बाँके । कोरोना भाइरस कोभिड–१९ को संक्रमण बढेसँगै बाँकेमा लकडाउन गर्न सिफारिस भएको छ । नेपालगञ्ज उपमहानरपालिका लगायतका क्षेत्रमा संक्रमण बढेसँगै लकडाउनका लागि सिफारिस भएको हो ।
यसबारे भोलि निर्णय हुने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । ‘लकडाउन गरेर हिँडडुलमा समेत नियन्त्रण गर्नुपर्छ भनेर सिफारिस भएको छ । कुन/कुन क्षेत्रमा गर्ने भनेर हामीले निर्णय गर्न बाँकी छ’ उनले भने ।
Comments