Sajhamanch Archive

दोस्रो डोजको कोरोना खोप ११ गतेसम्म लगाउन पाउने

Published: in समाज, स्वास्थ्य, by .

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप आजदेखि दिन सुरु गरेको छ । पहिलो डोज खोप लगाएको मितिअनुसार खोप तालिका निर्धारण गरिएको छ । तोकेकै दिन खोप लिन छुटेकाहरुले अर्को दिन पहिले लगाएकैै केन्द्रमा गएर खोप लगाउन सक्ने छन् ।

अप्ठ्यारो परेको अवस्थामा भने पायक पर्ने केन्द्रबाट खेप लिन सकिने खोप विभागले जनाएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा आफ्नो तालिकाअनुसार छुटेकाहरुले ११ गतेसम्म खोप लिन पाउने खोप विभाग प्रमुख डा. झलक गौतमले बताए ।

तर, कतिपय जिल्लामा जनसंख्याको आधारमा खोप दिने समय छोट्याइएकाले आफ्नो पालोमा नै खोप लिन डा गौतमको सुझाव छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *