Sajhamanch Archive

माधव नेपाल समूहले स्पष्टीकरण दिने, तर पार्टी नफुटाउने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण दिने तर पार्टी नफुटाउने निष्कर्ष निकालेको छ ।

बानेश्वरको एक होटलमा भइरहेको छलफलमा सहभागी एक नेताका अनुसार पार्टी एकताकै लागि आफूहरुले कदम चालेको तर्क गर्दैै स्पष्टीकरण दिने तर पार्टी फुटाएर नजाने विषयमा छलफल भएको जानकारी दिए ।

उनका अनुसार सबै नेताहरुले तोकिएको समयभित्रै स्पष्टीकरण दिने विषयमा छलफल भएको छ । अहिले पनि छलफल जारी रहेको ती नेताले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *