Sajhamanch Archive

पछिल्लो २४ घण्टामा १७३६ जना कोरोना संक्रमित थपिए, ११ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ७३६ जना कोभिड–१९ संक्रमित थपिएका छन् । ८ हजार ७३८ वटा नमूनाको पीसीआर परीक्षण गरिएकोमा एक हजार ७३६ जनाको नतिजा पोजेटिभ आएको हो । योसँगै नेपालमा कोभिड–१९ संक्रमितको संख्या दुई लाख ८७ हजार ५६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा प्रदेश १ मा १०१ जना, २ मा ८४, वाग्मतीमा सबैभन्दा धेरै ८३५, गण्डकीमा २७, लुम्बीनीमा ५४१ कर्णलीमा १७ र सुदूरपश्चिम प्रदेशमा ६२, जना छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन हजार १०२ पुगेको ।

त्यस्तै २४ घण्टामा २५१ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर क्वारेन्टिनमा ८२ जना छन् भने सक्रिय संक्रमितको संख्या ८ हजार ६५९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *