Sajhamanch Archive

नेपालगञ्जमा आजदेखि एक हप्ता लकडाउन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

काठमाडौं । बाँकेको नेपालगञ्जमा आज मध्यरातिदेखि लकडाउन हुने भएको छ । नेपालगञ्ज उपमहानगर क्षेत्रभरका लागि लकडाउन लगाउने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेललालले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्जमा आज मध्यरातदेखि १५ गतेसम्म लकडाउन हुने भएको हो । लकडाउनको समयमा अत्यावश्यक गाडीबाहेक बैंक तथा वित्तीय संस्थासहित सबै प्रकारका सेवा सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यलय बाँकेले जानकारी गराएको छ ।

आज बिहानसम्म सक्रिय संक्रमित ७ सय ३५ पुगेको र अस्पतालहरु बिरामीले भरिएको अवस्थालाई ध्यान दिएर लकडाउन गर्न लागिएको सूचनामा उल्लेख गरिएको छ । लकडाउन भएपनि स्वास्थ्य, सुरक्षा, विद्युत, सञ्चार, खानेपानी, फोहोरमैला, ग्यास, पेट्रोलियम पदार्थ, एटीएमलगायत क्षेत्र भने बन्द नहुने जनाइएको छ । लकडाउन उल्लङ्घन गर्नेहरुलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने पनि प्रमुख जिल्ला अधिकारी गेलालले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *