Sajhamanch Archive

नेपाल र थाइल्याण्डबीच पर्यटन प्रर्वद्धनमा सहकार्य गरिने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by .

काठमाडौं । नेपाल र थाइल्याण्डबीच पर्यटन प्रर्वद्धनमा आपसी सहकार्य हुने भएको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख सिइओ डा.धनन्जय रेग्मी र नेपालका लागि थाइल्याण्डका राजदूत भोषिता भोरस्फबीच मंगलवार भएको भेटवार्तामा दुवै देशले एक अर्को देशको पर्यटन प्रर्वद्धनमा सहकार्य गर्ने बताएका हुन् । थाइल्याण्ड नेपालमा सबैभन्दा बढी पर्यटक आउने प्रमुख १० देश मध्ये पर्दछ । सन् २०१९ मा ४१ हजार ६५३ जना थाइपर्यटकले नेपाल भ्रमण गरेका थिए ।

भेटका क्रममा नेपालमा थाइल्याण्डबाट आउने र नेपालबाट थाइल्याण्ड जाने नेपाली पर्यटकको संख्या बढिरहेको सन्र्दभमा आपसी सहकार्य गर्न सके दुवै देशको पर्यटन प्रर्वद्धनमा सघाउ पुग्ने उनीहरुको भनाइ थियो ।

बोर्डका सीईओ रेग्मीले नेपाल गौतमबुद्धको जन्मस्थल रहेको र थाइल्याण्ड बौद्धमार्गी देश भएकाले नेपाल थाइल्याण्डको लागि धार्मिक पर्यटनस्थल भएको बताए । गौतम बुद्धजन्मस्थल लुम्बिनीमा वार्षिक करिब तीन हजार थाई पर्यटकले भ्रमण गर्ने गरेको उल्लेख गर्दै उनले बुद्धसँग जोडिएका अन्य स्थानहरुमा समेत थाइ पर्यटकलाई लैजाने गरी ती क्षेत्रको विकासमा बोर्डले पहल गरिरहको बताए ।

“लुम्बिनीसँगै कपिलवस्तु र रामग्रामलाई जोडेर बुद्ध सर्किटको अवधारणामा काम भइरहेको छ । यसले पर्यटकलाई बुद्धबारे जान्ने बुझ्ने र बसाई अवधी लम्ब्याउन पनि सहयोग पुग्ने छ” उनले भने ।

थाइल्याण्डमा नेपालको प्रर्वद्धन गर्न त्यहाँस्थित सरकारी सञ्चारमाध्यम र नेपालमा थाइल्याण्डको प्रवद्र्धन गर्न नेपालको सरकारी सञ्चारमाध्यमहरुबीच सहकार्य गर्न सकिने भन्दै उनले त्यसको लागि दुवैतर्फबाट पहल गरिने बताए ।

नेपालका लागि थाइ राजदूत भोरस्पले नेपाल र थाइल्याण्डबीच धार्मिक सांस्कृतिक सम्बन्ध सुमधुर रहेको बताउँदै थाई पर्यटकका लागि लुम्बिनी प्रमुख आर्कषण भएको बताए । लुम्बिनीमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि थाइ पर्यटक बढ्न सक्ने उनले बताए । थाइल्याण्डमा नेपालको प्रर्वद्धन गर्न सकारात्मक रहेको भन्दै उनले दुवै देशका कुटनीतिक व्यक्तिहरुको मैत्रीपूर्ण भ्रमणको कार्यक्रमलाई निरन्तरता दिने विषयमा छलफल भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *