Sajhamanch Archive

कोरोना संक्रमणबाट पत्रकार अधिकारीको मृत्यु

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by .

दाङ । दाङको घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस संक्रमनका कारण निधन भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभार निवासी ४० वर्षीय पत्रकार अधिकारीको मंगलवार राति काठमान्डौंमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

अधिकारी चैत २५ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा घोराहीस्थित नेपाल पत्रकार महासंघमा भएको निर्वाचनमा मतदान गरेका थिए । चैत २६ गते पीसीआर परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको संक्रमन पुष्टि भएको थियो । स्वास्थ्य अवस्था बिग्रदै गएपछि वैशाख ३ गते अधिकारीलाई हेलिकोप्टर चार्टर गरि थप उपचारका लागि काठमाडौं लगिएको थियो । उनको उपचारका क्रममा मंगलवार राति काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *