Sajhamanch Archive

पीसीआर रिपोर्ट बोकेका १२२ यात्रुलाई विमानस्थलबाट फर्काइयो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौँ । सिनामंगलको सूर्य ल्याबबाट पीसीआर रिपोर्ट लिएर विमानस्थलबाट पुगेका १२२ जनालाई फर्काइएको छ।

विभिन्‍न देशमा जानका लागि सूर्या ल्‍याबबाट पुगेका यात्रुहरुलाई एयरलाइन्सले विमानस्थलबाट फर्काएका हुन् ।

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले भने, ‘हिजो सूर्या ल्याबमा छापामा मारेर नक्कली पीसीआर रिपोट बनाएको खुलेपछि एयरलाइन्सले त्यो ल्याबमा परीक्षण गराएका यात्रुहरुलाई ओरालेका छन् ।’

मंगलबार महानगरीय अपराध महाशाखाले अप्रेशन चलाएर प्रयोगशालाका ६ कर्मचारीलाई पक्राउ गरेको थियो।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *