Sajhamanch Archive

देशका धेरै ठाउँमा बिहानैदेखि वर्षा, चट्याङ र हावाहुरीको समेत सम्भावना

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं । काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा अहिले पानी परिरहेको छ । देशका विभिन्न ठाउँमा एकैछिन पानी पर्दै रोकिने र फेरि बादल लागेर पानी पर्ने क्रम चलिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय र पश्चिमी वायुको प्रभावले बिहीवार ९आज० दिनभर नै देशका धेरैजसो ठाउँको मौसम यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार अहिले सुदूरपश्चिम, कर्णाली, वाग्मती र गण्डकी प्रदेशमा अलि धेरै पानी परिरहेको छ । अरू प्रदेशमा भने बादल लागिरहेको र केहीबेरमै पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

पश्चिमी वायुको प्रभाव विस्तारै पूर्वतिर सरिरहेकोले पश्चिम र मध्य भागमा बेलुकादेखि मौसम सुधार हुँदै जाने देखिए पनि पूर्वी क्षेत्रको मौसम भने बिहीवार आज सुधार हुने सम्भावना कम रहेको मौसमविद् मानन्धरले बताइन्।

यस्तै आज देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीको समेत सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै अहिले गण्डकी प्रदेशसहित पश्चिमी भेगका हिमाली क्षेत्रमा हिमपात भएको हुन सक्ने महाशाखाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *