Sajhamanch Archive

ओलीसँगको भेटबारे आफ्नो समूहका नेताहरुसँग छलफल गर्दै नेपाल

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, by .

काठमाडौं । नेकपा एमाले बरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार साँझ भेटवार्ता भएपछि नेता नेपाल आन्तरिक छलफलमा बसेका हुन् ।

एक नेताका अनुसार छलफलमा नेता नेपालले ओलीसँग भएको वार्ताबारे ब्रिफिङ गर्दैछन् । ओलीसँगको भेटपछि पनि नेता नेपालले ‘साथीहरुसँग कुरा गरेर’ प्रतिक्रिया दिने बताएका थिए ।

राजधानीको एक होटलमा दुई घण्टा बढी भएको छलफलमा भएको कुराकानी सार्वजनिक गरिएको छैन । तर, आज आफ्नो समूहमा छलफल गरेर त्यसबारे निर्णय लिइने तयारी छ ।

आजै ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने पनि यो समूहमा तयारी भइरहेको छ । ७ वैशाखमा ओलीले माधव नेपालसहित २७ जनालाई दुई दिने स्पष्टीकरण सोधेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *