Sajhamanch Archive

हुम्लामा हिमपात

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, by .

 हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा हिमपात भएको छ ।

सदरमुकाम सिमकोट र नाक्खा गाउँपालिकामा हिउँ जमेको हो । यसपालि पुस माघ महिनामा समेत नपरेको हिउँ वैशाख महिनामा पर्दा स्थानीयबासिन्दा छक्क परेका छन् । त्यहाँ एक फिटसम्म हिउँ जमेको छ । हिमपातका कारण गाई, गोरु, चौंरी चराउन मुस्किल परेको सिमकोट ६ का पर्वत सुनारले बताए ।

हिउँले गहुँ, जौ, उवा जस्ता बालीलाई ढाकेको छ । भर्खर फुलेका स्याउका फूल हिमपातले झरेको त्यहाँका सुनिता पुढाले बताइन् । हिमपातका कारण हुम्लाको हवाई सेवासमेत अवरुद्ध भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *