Sajhamanch Archive

मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार, by .

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपालविरुद्धको अन्तिम खेलमा मलेसियाले टस जितेर पहिले बलिङ रोजेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेल आज दिउँसो १ः१५ बजेबाट सुरु हुँदैछ ।

नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक सिरिजमा मलेसियाले एक खेल पनि जित्न सकेको छैन । नेपाल र नेदरल्यान्ड्स फाइनलमा पुगिसकेका छन् । मलेसिया सान्त्वना जितको खोजीमा हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *