Sajhamanch Archive

ललितपुरको अल्का अस्पतालमा खोप लगाउनेको भीड

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by .

काठमाण्डौ । ललितपुरको अल्का अस्पतालमा चिनियाँ कम्पनी सिनोफार्मको भेरोसेल खोप लगाउनेको भीड लागेको छ ।एउटा मात्र खोप केन्द्र र अन्तिम दिन भएकाले अल्का अस्पतालमा खोपको पहिलो मात्रा लगाउनेको भीड लागेको हो ।

यो खोप १८ वर्षमाथिका र ५९ वर्ष ननाघेका नागरिकलाई दिइएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउन सकिने अस्पताल प्रशासनले जनाएको छ ।बिहान ५ बजेदेखि नै खोप लगाउनेको लाइन सुरु भएको थियो । खोप लगाउन दुई वटा लाइन लागेको छ । खोप लगाउनेहरुको लाइन जावलाखेल चोक र भनिमण्डल चोकसम्म पुगेको छ ।

लाइन बढ्दै गएपछि सुरक्षाकर्मीलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । लाइन धेरै भएपछि अस्पतालले आजका लागि सीमित खोप कार्ड वितरण गरेको छ ।लाइनमा बस्नेहरु सबैले खोप लगाउने कार्ड पाएका छैनन् । बिहानै ७ बजे पानीमा भिज्दै आएको तर कार्ड नपाएको काठमाण्डौ माकलबारीका सुसेनलाल श्रेष्ठले गुनासो गर्नुभयो। लाइनमा बस्नेहरुले भौतिक दूरी समेत कायम गरेका छैनन्, कतिपयले मास्क समेत लगाएका छैनन् ।

पटक- पटक सम्झाइबुझाइ गरे पनि स्वास्थ्य मापदण्ड पालना गर्न अटेरी गरेको लाइन व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *