Sajhamanch Archive

नेप्से पाँचौँ दिनमा आएर दोहोरो अंकले सुधारियो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, by .

काठमाडौं । कारोबारको पाँचौँ दिनमा सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले सकारात्मक बनेको छ ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से १५.८० अंकले बढेर २६४८.०१ विन्दुमा पुग्यो । यसदिन होटेल र पर्यटन तथा म्युचुअल फन्डबाहेक अरु कारोबार भएका सबै समूह बढेसँगै नेप्से दोहोरो अंकले सुधारिएको हो ।

जीवन र निर्जीवन बिमा समूहमा ११४/११४ अंकको वृद्धि आयो । अन्य समूह २१ अंकले बढ्दा वाणिज्य बैंक समूहमा पनि ९ अंक बढीको वृद्धि आयो ।

करिब डेढ महिनापछि खुलेको विशाल बजार कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले पोजिटिभ सर्किट लाग्यो । यस्तै, सिन्धु विकास बैंकको सेयर मूल्य पनि १० प्रतिशतले बढ्यो ।

यसदिन २१४ कम्पनीको १ करोड ३० लाख कित्ता सेयर ५ अर्ब ९१ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *