Sajhamanch Archive

नेपालले फाइनलमा, मलेसियालाई ६९ रनले हरायो

Published: in खेलकुद, मिडियाबाट साभार, by .

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत अन्तिम खेलमा नेपालद्धारा मलेसिया ६९ रनले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको मलेसियाले १९ दमलव १ ओभरमा सबै विकेट गुमाउँदै १४८ रन मात्रै बनाउन सक्यो । मलेसियाका लागि अमीनुदिन रामलीले ४१ र कप्तान अहमद फैजले ३१ रन बनाएपनि अन्य ब्याट्सम्यानले सम्झनलायक प्रर्दशन गर्न सकेनन् ।

नेपालका लागि सन्दिप लामिछाने, सोमपाल कामी र कमलसिंह ऐरीले समान ३/३ विकेट लिए । सुसान भारीले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको नेपालले अलराउण्डर करण केसीको विष्फोटक व्याटिङको मद्तमा निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१७ रन बनाएको थियो । नेपालका लागि करण केसीले १३ बलमा ७ छक्काको मदतमा ४५ रनको विष्फोटक इनिङ खेलेका थिए । आसिफ सेखले ३२ बलमा ४२ कुशल भुर्तेल १२ बलमा १६ र ज्ञानेन्द्र मल्लले २५ बलमा ४१ रन जोडे । दिपेन्द्रसिंह ऐरीले ३३ कुशल मल्लले १९ र विनोद भण्डारीले ८ रनको योगदान गरेका थिए ।

नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक सिरिजमा मलेसियाले एक खेल पनि जित्न सकेन । जितसंगै नेपाल लिग विजेताको रुपमा फाइनल प्रवेश गरेको छ । फाइनलमा घरेलु टोली नेपालले शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *