Sajhamanch Archive

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by .

काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बालुवाटारमा बस्न लागेको छ । यसअघि वैशाख ६ गते बसेको बैठकले नेता माधवकुमार नेपालसहितका सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय २७ र प्रदेशका ५ गरी ३२ सांसदलाई स्पष्टीरकण सोधेका थिए ।

ओलीले सफाइको अन्तिम मौका दिएर स्पष्टीकरण सोधेका थिए । नेपाल समूहले स्पष्टीरकरणको जवाफ बुझाइसकेको छ । तर, आजको बैठकले जवाफ चित्तबुझ्दो नभएको भन्दै कारबाही गर्न सक्ने सम्भावना पनि छ । तर, ओली पक्षीय सांसद राजेन्द्रप्रसाद गौतम भने आजको बैठकको प्रस्तावमा कारबाहीको विषय नरहेको जिकिर गर्छन् ।
“स्पष्टीकरण कसरी आएको छ रु त्यसमा केके विषय आएका छन् ? त्यो विषय आजको एजेण्डामा छैन । अहिले राजनीतिक र सांगठनिक प्रस्ताव सुझावसहित पास हुन्छ,“ गौतमले भने ।

ओलीले नेपाल समूहलाई समानान्तर गतिविधि गर्दै अलग पार्टी गठन गरेको भन्दै सांसद पदबाट कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण सोधेका थिए ।

उता, नेपाल समूहले ओलीले आफूहरुलाई जुनसुकै बेला कारबाही गर्न सक्ने भन्दै कारबाही रोक्न माग गर्दै बिहीबार सर्वोच्च अदालमा रिट पनि दायर गरेका छन् ।

त्यस्तै विवाद उत्कर्षमा पुगेका बेला ओली र नेपालबीच बुधबार र बिहीबार वार्ता भएको थियो । काठमाडौंको मेरियट होटेलमा भएको वार्ता निष्कर्षविहीन सकियो । ओलीले आफूले फागुन २८ पछिका निर्णय मान्नुपर्ने अडान राखेको र नेता नेपालले ०७५ जेठ २ को अवस्थामा फर्कनुपर्ने बताएका थिए ।

बालुवाटारमा भएको डिनर बैठकमा ओलीले आफ्नो पक्षमा आउन भने पनि गौतमले आफू आउन नसक्ने बताएको उनको सचिवालयले जानकारी दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *