Sajhamanch Archive

ओलीले गरेको कारबाही पार्टीको विधानविपरीत : नेता नेपाल

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by .

जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार धरहरामाथि पुगिसकेको टिप्पणी गरेका छन् ।

शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले ओलीको अंहकार र दम्भका कारण लोकन्तन्त्र धरापमा परेको बताए । ओलीको दम्भ र अहंकार धरहरामाथि पुगिसकेको छ । उनको अहंकारले पार्टीमा संकट सिर्जना भएको छ,” उनले भने, “लोकतन्त्र र कम्युनिस्ट आन्दोलन ओलीकै कारण धरापमा परेको हो ।”

ओलीले मनपरी गरेको भन्दै उनले व्यक्तिवाद, गुटवाद, निरकुंश प्रवृत्ति र ओलीको दृष्टिकोणमा खोट रहेको आरोपसमेत लगाए ।

ओलीलाई पटक–पटक ०७५ जेठ ३ गतेको निर्णयमा फर्कन आग्रह गरेको उनले बताए । ‘पार्टीभित्र ओली अल्पमतमा परेपछि सडकबाट मान्छे उठाएर सदस्य बनाइरहेका छन्,” उनले भने, “ओलीलाई सुधार्न हामीले धेरै प्रयास गरेका छौँ । तर, उनको अहंकारले सुध्रिएलाजस्तो देखिन्न ।”

ओलीप्रति कटाक्ष गर्दै ‘बालुवाटारको बालुवामा तेल नरहेको’ टिप्पणी उनले गरे । ‘बालुवा पेलेर तेल निस्किने वाला छैन,” उनले भने, “बालुवाबाट तेल निकाल्न सकिन्न ।”

ओली पार्टीलाई बचाउने पक्षमा नरहेको उनको भनाइ छ । ओलीले आफूलाई कारबाही गर्न नसक्ने उनले उल्लेख गरे । “पार्टी परित्याग गरेको, अर्को पार्टी ज्वाइन गरेको र संसदीय दलले जारी गरेको ह्वीप नमानेको खण्डमा मात्र कारबाही गर्न सकिन्छ,” उनले भने, “ओलीले गरेको कारबाही पार्टीको विधानविपरीत हो ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *