Sajhamanch Archive

बाँके र रुपन्देहीमा ५ जना कोरोना संक्रमितको मृत्यु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by .

 बुटवल । पछिल्लो २४ घण्टामा बाँके र रुपन्देहीमा गरी पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका ४ जना र रुपन्देहीका एकजना हुन् ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत दुई महिला र दुई पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगन्ज–२ की ७५ वर्षीया महिलाको शुक्रबार साँझ ६स्१५ बजे मृत्यु भएको हो । यस्तै नेपालगन्ज–५ का ८६ वर्षीय पुरुषको साँझ ७ बजे र नेपालगन्ज त्रिभुवन चोक ठेगाना भएका ३५ वर्षीय पुरुषको गएराति ९स्२३ बजे मृत्यु भएको हो ।

यस्तै नेपालगन्ज–१० की ६१ वर्षीया महिलाको पनि गएराति मृत्यु भएको फाकल पर्सन ओलीले जानकारी दिए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।

रुपन्देहीमा एक जनाको मृत्यु

रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का ३६ वर्षीय कोरोना संक्रमित पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ । चैत ३० गते कोरोना संक्रमण पुष्टि भएका पुरुष वैशाख ३ गते बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पताल भर्ना भएका थिए ।

उनको उपचारका क्रममा शुक्रबार साँझ ६स्३० मा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए । योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १ सय ६६ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *