Sajhamanch Archive

भारतमा कोरोनाको संक्रमित बढदै मृत्यु हुनेको सँख्या बढयो

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विश्व समाचार, by .

नयाँदिल्ली । भारतमा कोरोना संक्रमणको ‘सुनामी’ देखिएको छ ।एकैदिन करिब ३ लाख ५० हजार संक्रमित, २७६७ जनाको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र ३ लाख ४९ हजार ६ सय ९१ जना नयाँ संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै बढी हो । तीन लाखभन्दा बढी संक्रमित थपिएको लगातार चौथो दिन हो ।

भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको अन्त्येष्टि गरिँदै तस्बिर रोयटर्स
त्यसैगरी पछिल्लो एक दिनमा २ हजार ७ सय ६७ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा संक्रमणका कारण मृत्यु हुने १ लाख ९२ हजार ३ सय ११ पुगेको छ । भारतमा अहिलेसम्म १ करोड ६९ लाख ६० हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ४० लाख संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या २६ लाख ८२ हजारभन्दा बढी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *