Sajhamanch Archive

भरुवा बन्दुकसहित तीनजना पक्राउ

Published: in मिडियाबाट साभार, समाज, by .

काठमाडौं । धनुषा र महोत्तरीमा भरुवा बन्दुकसहित तीनजना पक्राउ परेका छन् ।

धनुषाको धनुषाधाम नगरपालिका–९, हरिपुरबाट एकथान भरुवा बन्दुकसहित मिथिला नगरपालिका–३ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले हरिपुर गाउँबाट जंगलतर्फ जाँदै गरेका तीनमध्ये उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो । साथै, फरार रहेका दुईजनाको प्रहरीले खोजी गरिरहेको जनाइएको छ ।

महोत्तरीको गौशाला नगरपालिका–११ महरा पुलनजिकै जंगलबाट एकथान भरुवा बन्दुक, भरुवा बन्दुकमा प्रयोग हुने ५० ग्राम बारुद र एकथान बारुद खाद्ने डन्डीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बर्दिबास नगरपालिका–१, सनिडाँडा बस्ने ३९ वर्षीय सोमबहादुर मगर र गौशाला नगरपालिका–८ बस्ने ५६ वर्षीय कृष्णबहादुर मगर रहेका छन् ।

जंगलमा सिकार खेल्न आएको अवस्थामा इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उक्त बन्दुक र बारुदसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *