देशभर लकडाउन हुँदैन’ ‘कोरोना हटस्पटमा स्थानीय तहबाट लकडाउन हुन सक्छ,
Published:
by .काठमाडौं । सरकारले कोरोना हटस्पटमा स्थानीय तहबाट लकडाउन हुन सक्ने भए पनि अहिले देशभर लकडाउनको कुनै सम्भावना नभएको जनाएको छ ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
“अहिले लकडाउनको कुनै तयारी छैन,” उनले भने, “स्थानीय तहले आवश्यकताअनुसार त्यो क्षेत्रमा गर्न सक्छन् । तर सरकारले देशभर लकडाउन गर्ने कुनै तयारी छैन ।”
Comments