Sajhamanch Archive

नेप्से परिसूचक २६ सय तल झर्‍यो

Published: in अर्थतन्त्र by .

काठमाडौं । नेप्से परिसूचक २६ सयले तल झरेको छ । साताको पहिलो दिन आइतबार सेयर बजारमा करिब ७६ अंकको पहिरो गएको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक ७५ दशमलव ७९ अंकले घटेर २ हजार ५ सय ७२ दशमलव २२ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ५६ अंकले घटेको छ । परिसूचकमा ठूलो पहिरो गए पनि कारोबार रकम भने ७ अर्ब नाघेको छ ।

दिनभर १ करोड ४६ लाख ९० जहार ७२० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब २८ करोड ४१ लाख ९४ हजार ९ सय १ रुपैयाँ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *