Sajhamanch Archive

नौ महिनामा नै वार्षिक लक्ष्य पूरा गर्यो कर्णाली साकोसले

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by .

बिर्तामोड । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेर इलाम तथा मोरङ जिल्लामासमेत कार्यक्षेत्र विस्तार गरेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले कोरोना महामारी समयमा सदस्यहरुको स्वास्थ्य तथा शिक्षामा विशेष ध्यान दिने भएको छ ।

कोरोना महामारी बढ्दै गइरहेकाले संस्थाले सदस्यहरुका लागि स्वास्थ्य र शिक्षामा विशेष ध्यान दिनेबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । कोभिड–१९ लाई मध्यनजर गर्दै संस्थाको आगामी रणनीति तय गरिने संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए ।

संस्थाले आइतबार बिर्तामोडमा त्रैमासिक समीक्षासहितको पत्रकार सम्मेलन गरेर संस्थाको गतिविधिका बारेमा जानकारी दिएको थियो । तथ्याङ्क अनुसार कर्णाली साकोसले समयभन्दा अगावै तोकिएको लक्ष्य पूरा गरेको अध्यक्ष श्रेष्ठले बताए ।

३८ हजार ७८१ जना शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी ३४ करोड ७५ लाख ३० हजार ८०० पुगेको छ । संस्थाले चैत मसान्तसम्म १ अर्ब ३६ करोड ४७ लाख ३४ हजार ५३८ रुपैयाँ बचत गरेको सो अवसरमा जानकारी दिइयो ।

समीक्षा अवधिमा कर्णाली साकोसको कर्जा लगानी २ अर्ब ७५ करोड ९३ लाख ६२ हजार ५२ रुपैयाँ पुर्याइएको छ भने चैत मसान्तसम्ममा ८ करोड २३ लाख २३ हजार २४१ रुपैयाँ नाफा गर्न सफल भएको अध्यक्ष श्रेष्ठले बताए । कोरोना महामारी भए पनि सदस्यलाई संस्थाको सेवाबाट बञ्चित नगराइने अध्यक्ष श्रेष्ठको भनाई छ ।

संस्थाले स्थापना गरेको उपचार कोषको सदस्य बनेका सदस्यलाई १० लाख रुपैयाँसम्म उपचार खर्च उपलब्ध गराउने लक्ष्य राखेको सचिव भूपाल बस्नेतले सो अवसरमा जानकारी दिए । उपचार कोषको सदस्य बन्न पहिलो वर्ष ५ हजार र प्रत्येक वर्ष एक हजार रुपैयाँ कोषमा जम्मा गर्नुपर्ने नीति रहेको सचिव बस्नेतले प्रष्ट पारे ।

संस्थाले सदस्यको सुविधाको लागि कर्णाली एप्स निर्माण गरी मोबाइल बैंकिङ सेवा सञ्चालन गरिसकेको संस्थाका निमित्त कार्यकारी प्रमुख चिदानन्द सुवेदीले जानकारी दिए । कार्यक्रममा आमन्त्रितहरुलाई संस्थाका उपाध्यक्ष ईश्वरीप्रसाद खरेलले शाब्दिक स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *