Sajhamanch Archive

कोभिसिल्ड भ्याक्सिन उत्पादनका लागि अमेरिकाले कच्चा पदार्थ आपूर्ति गर्ने

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य, by .

काठमाडौं । कोरोना विरुद्धको कोभिसिल्ड भ्याक्सिन उत्पादनका लागि अमेरिकाले कच्चा पदार्थ आपूर्तिमा सहयोग गर्ने भएको छ ।

अमेरिकाका राष्ट्रपति जो बाइडेनले ट्वीट गर्दै महामारीको सुरुमा भारतले अमेरिकालाई आवश्यक सहयोग गरेकाले अहिले आफूहरुले सहयोग गर्न चाहेको र भ्याक्सिन उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आपूर्तिमा सहयोग गर्ने जानकारी दिए ।

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवन र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच भारतमा कोरोना सङ्क्रमणदर बढ्दो क्रममा रहेकाबारे फोनमा कुराकानी भएलगत्तै राष्ट्रपति बाइडेनले कच्चा पदार्थ उपलब्ध गराउने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *