Sajhamanch Archive

भारतमा कोरोना संक्रमण बढेसँगै विश्वभरबाट सहयोग प्राप्त हुँदै

Published: in विश्व समाचार, स्वास्थ्य, by .

काठमाडौं । भारतमा कोरोना संक्रमणको ग्राफ बढेसँगै अमेरिका, बेलायतलगायत देशले आवश्यक सहयोग गर्ने भएका छन् । बेलायतले भारतलाई हावाबाट अक्सिजन निकाल्ने अक्सिजन कन्सन्ट्रेसन गर्ने मेसिन ४९५ र भेन्टिलेटर १४० वटा सहयोग गर्ने भएको छ ।

यसैगरी अमेरिकाले तीन सयभन्दा धेरै अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्दै खोप उत्पादनका लागि आवश्यक कच्चा पदार्थ तत्काल उपलब्ध गराउने जनाएको छ । भारतको सेरम इन्स्टिच्युट र सरकारी अधिकारीहरुले औषधिको कच्चा पदार्थमा लागेको निर्यात नियन्त्रण हटाउन आग्रह गरेपछि अमेरिकाले यस्तो निर्णय गरेको हो ।

अमेरिकाले दिएको पाँच टन तौलका केही अक्सिजन कन्सन्ट्रेटर भने जोन एफ केनडी अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका लागि छुटिसकेको टाइम्स अफ इन्डियाले जनाएको छ ।
“महामारीको सुरुमा हाम्रो अस्पतालको अवस्था तनावग्रस्त हुँदा भारतले हामीलाई सहयोग गरेको थियो । अहिले भारतलाई सहयोग आवश्यकता छ र हामी उसलाई सहयोग गर्न प्रतिबद्ध छौं,” अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्विट गर्दै लेखेका छन् ।

पछिल्लो केही दिनदेखि भारतमा दैनिक संक्रमितको संख्या तीन लाख नाघेको छ । अक्सिजन अभावमा भारतका विभिन्न राज्यमा मृतकको संख्या बढेपछि विभिन्न देशले भारतलाई सहयोगका लागि तत्परता देखाएका हुन् । यसैगरी फ्रान्स र युरोपेली संघ ईयूले पनि भारतमा अक्सिजन र औषधि आपूर्तिमा सहयोग गर्ने बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *