Sajhamanch Archive

काठमाडौंसहित अति प्रभावित जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने मन्त्रिपरिषद्को निर्णय

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by .

 काठमाडौं । सरकारले काठमाण्डौ उपत्यकाका तीनसहित कोरोना अति प्रभावित जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

यसअघि काठमाण्डौ, ललितपुर र भक्तपुरमा एक हप्ता निषेधाज्ञा गर्ने घोषणा भएको भएपनि मन्त्रिपरिषद्को सोमवार रातिको बैठकले भने १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठक बस्नुभन्दा अघि काठमाण्डौ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले ७ दिनको अवधि तोकेर बिहीवारदेखि निषेधाज्ञा गर्ने घोषणा गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयहरुले ७ दिन निषेधाज्ञा गर्ने भनेपनि सरकारले त्यो अवधि बढाएर १५ दिन पुर्‍याएकाले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन हुने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

यस्तै सरकारले सबै परीक्षा स्थगित गर्ने कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीको निर्णयलाई पारित गरेको छ । यस्तै सरकारले अर्को निर्णय नभएसम्मका लागि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । पहाडी क्षेत्रमा २ सय र सहरी क्षेत्रमा ५ सयभन्दा धेरै सङ्क्रमित हुने वित्तिकै निषेधाज्ञा लगाउने सीसीएमसीको निर्णयलाई पनि मन्त्रिपरिषद् बैठकले सदर गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *