Sajhamanch Archive

कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by .

धनगढी । कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–११ का ४० वर्षीय संक्रमितको सोमबार राति मृत्यु भएको हो ।

अस्पतालका कोभिड फोकल व्यक्ति डा. गोविन्द रोकायाले सोमबार भारतबाट फर्किएर आईसीयूमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

भारतमै कोरोना पोजेटिभ देखिएका उनी स्वास्थ्यमा समस्या देखिएपछि स्वदेश फर्किएका थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *