Sajhamanch Archive

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर यात्रा गर्न नपाइने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by .

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर यात्रा गर्न नपाइने भएको छ । अध्यागमन विभागले यही वैशाख १५ गते राति १२ बजेदेखि लागु हुने गरी ट्रान्जिट रुट प्रयोगमा रोक लगाएको हो ।

कोभिड–१९ को नयाँ भेरियन्टलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको विभागले जनाएको छ । काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढ्दै गएपछि वैशाख १६ देखि निषेधाज्ञा जारी गरिएको छ ।

विदेशबाट नेपाललाई अन्तिम गन्तव्यस्थल बनाइ आगमन गर्न र नेपालबाट विदेश जान भने पाइने विभागले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *