Sajhamanch Archive

ऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by .

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमित भएपछि उनलाई सैनिक अस्पताल, छाउनीमा भर्ना गरिएको छ । स्वास्थ्य अवस्था सामान्य रहे पनि सावधानी अपनाउँदै अस्पताल भर्ना गरिएको रायमाझीको सचिवालयले जनाएको छ ।

अर्घाखाँचीमा भएको कार्यक्रममा सहभागी भएर फर्किएपछि उनलाई कोरोना संक्रमण देखिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *