Sajhamanch Archive

नेप्से परिसूचकमा ९२ अंकको वृद्धि

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by .

काठमाडौं । अघिल्ला दुई दिन १४० अंकले झरेको सेयर बजार परिसूचक नेप्से आज ‘बाउन्स ब्याक’ भएको छ । मंगलबार एकैदिन ९२ अंकले नेप्से बढ्यो । आइतबार नेप्से ७५ अंकले ओर्लिएको थियो भने सोमबार ६५ अंकले झरेको थियो ।

आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०८ अंकमा पुग्यो । यसदिन कारोबार भएका सबै समूहमा वृद्धि आएसँगै नेप्से उच्च अंकले बढेको हो । जीवन बीमा र निर्जीवन बिमा समूहमा ५०० अंक बढीको वृद्धि भयो । जीवन बिमा समूह सबैभन्दा उच्च ५५८ अंकले बढ्दा निर्जीवन बिमा समूह पनि ५४३ अंकले बढ्यो ।

यस्तै, उत्पादनमूलक समूह २३९ अंकले बढेका दिन लघुवित्त समूहमा पनि २३७ अंकले बढ्यो । जलविद्युत् समूह १५० अंकले बढ्यो । अन्य समूह ६९ अंकले उक्लिदा वाणिज्य बैंक समूह पनि ४५ अंकले बढ्यो ।

यसदिन २१६ कम्पनीको १ करोड २ लाख कित्ता सेयर ५ अर्ब १० करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *