Sajhamanch Archive

बिहीवारदेखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन बन्द हुने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा, समाज, by .

काठमाडौं । यातायात व्यवस्था विभागले आउँदो बिहीवारदेखि सवारी चालक अनुमति पत्र लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द गर्ने भएको छ ।

विभागले सूचना निकालेर कोरोना महामारीका कारण वैशाख १६ गते बिहीवारदेखि अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन प्रणाली बन्द गर्ने जानकारी गराएको हो ।

गएको वर्ष लकडाउन तथा निषेधाज्ञाले झण्डै १० महिनासम्म सवारी चालक अनुमति पत्रको परीक्षा रोकिँदा सेवाग्राहीको चाप बढेको थियो । अहिले अनलाइन आवेदन दिएकाहरूको परीक्षा दिने पालो झण्डै आठ महिनापछि तोकिन थालेकोमा विभागले तत्कालका लागि आवेदन नै रोकेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *