Sajhamanch Archive

चीनले नेपाललाई झण्डै १ अर्ब रुपैयाँको स्वास्थ्य सामग्री दिने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य, by .

काठमाडौं । चीनले नेपाललाई करिब ९२ करोड रुपैयाँ भन्दा बढी चिनियाँ मुद्रा ५० लाखको स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गर्ने भएको छ ।

मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाका विदेशमन्त्रीसँगको छलफलमा नेपाललाई कोरोना महामारीविरुद्धको लडाइमा सो सहयोगको घोषणा गरेका हुन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ महामारी रोकथाम र आर्थिक पुनरुत्थानका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्य बढाउनुपर्ने बताए ।

उनले कोरोना महामारीविरुद्धको लडाइ, आर्थिक पुनरुत्थान र नागरिकको जीविका र जीवन रक्षाका लागि ठोस सहकार्य अगाडि बढाउनुपर्ने धारणा राखेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *