Sajhamanch Archive

सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माओवादी केन्द्रको माग

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौँ । नेकपा माओवादी केन्द्रले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले तीव्र गतिमा फैलिरहेको कोरोना नियन्त्रणका लागि सवैपक्षीय राजनीतिक संयन्त्र बनाउन माग गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

“कोभिड १९ को महामारी नेपालका तीव्र गतिमा फैलिरहेको छ । यसले सबैतिर प्रभाव पार्ने देखिएको छ । यसको रोकथामका लागि सबै पक्षसँग हातेमालो गर्दै सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरिएको छ,’ उनले भने ।

उनले राजनीतिक दल, स्वास्थ्यकर्मी, नागरिक समाज लगायतले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । बैठकले महामारीको नियन्त्रणमा स्वयं सेवकका रुपमा परिचालन हुन पार्टी कार्यकर्ताहरूलाई निर्देशनसमेत दिएको उनले बताए ।

माओवादी केन्द्रले निजी अस्पताल निर्माण गर्न सरकारसमक्ष माग गरेको छ । आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउन माग गरेको प्रवक्ता श्रेष्ठले बताए ।

उनकाअनुसार बैठकले नेपाल–भारत सीमामा कडा गर्न पनि माग गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *