Sajhamanch Archive

कांग्रेस केन्द्रीय सदस्यहरूमा देखिएन कोरोना, आज बैठक बस्दै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by .

काठमाडौं । पीसीआर परीक्षण गराएका कांग्रेस नेताहरुमा रिपोर्ट नेगेटिभ आएपछि आज केन्द्रीय समिति बैठक बस्ने भएको छ । बैठक दिउसो २ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आजको बैठकमा १४ औं महाधिवेशन, पार्टी समायोजन, क्रियाशील सदस्यता तथा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने पौडेलले बताए ।

कांग्रेसले चैत २० गते वैकल्पिक सत्ता गठबन्धनका लागि अग्रसरता लिने निर्णय गरेको थियो । चैत २७ गते कांग्रेस सभापति शेरबहादुर देउवाले तीनदलीय बैठक राखे पनि त्यसयता उनले खासै प्रयास गरेका छैनन् । पार्टी सभापतिले आवश्यक पहल गर्न नसकेको भन्दै कांग्रेस नेताहरुले नै आलोचना गर्दै आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *