Sajhamanch Archive

बिर्तामोडका विद्यालयमा परीक्षा स्थगित

Published: in शिक्षा, समाज, स्थानीय तह by .

झापा । बिर्तामोड नगरपालिकाले नगर क्षेत्रका विद्यालयमा निर्धारण गरिएको परीक्षाका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । नगर क्षेत्रमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नगरपालिकाले पूर्वनिर्धारित परीक्षा स्थगन गर्ने निर्णय गरेको हो ।

नगरपालिकाको शिक्षा शाखाले मंगलबार सूचना जारी गरी वैशाख २० गतेदेखि तय भएको परीक्षा स्थगित गरिएको जनाएको छ। कोरोना सङ्क्रमणका कारण १३ दिन छुट्टी गर्दै नगरपालिकाले २० गतेदेखि परीक्षा लिन बिद्यालयहरुलाई निर्देशन दिएको थियो ।

बैशाख मसान्तसम्म परीक्षा स्थगित गर्ने निर्णय भएको शिक्षा शाखाका उपसचिव तिलचन भण्डारीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *