Sajhamanch Archive

लुम्बिनीमा बैशाख १९ गतेका लागि विशेष अधिवेशन आह्वान

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएको छ । बैठक यही वैशाख १९ गते दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशका सूचना अधिकारी दिनेश अधिकारीले जानकारी दिए ।

विपक्षी दलले दिएको समावेदनको आधारमा बैठक बोलाइएको हो । लुम्बिनीमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध वैशाख ६ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

संसद् अधिवेशन चालु नभएकाले उनीहरुले समावेदन दिएका थिए । प्रदेशसभा अधिवेशन गत चैतमै अन्त्य गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *