Sajhamanch Archive

नेपाल सुपर लिगमा आज दुई खेल हुँदै

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by .

काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा आज दुई खेल हुँदैछन् । त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा दिउँसो साढे २ बजेदेखि सुरु हुने पहिलो खेलमा एफसी चितवन र बुटवलको लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

चितवनले पहिलो खेल ललितपुर सिटी एफसीसँग १–१ गोलको बराबरी खेलेको थियो भने बुटवल लुम्बिनीले पोखरा थन्डर्सलाई २–० ले पराजित गरेको थियो । यस्तै बेलुका साढे ५ बजेदेखि सुरु हुने दोस्रो खेलमा विराटनगर सिटी एफसी र पोखरा थन्डर्सबीचको खेल हुँदैछ ।

यसअघि हिजोको खेलमा धनगढी एफसीले काठमाण्डौ रेजर्सलाई ३–० गोलले हराएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *