Sajhamanch Archive

कांग्रेसका नेता र कर्मचारीमा कोरोना, केन्द्रीय समिति बैठक स्थगित

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by .

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठसहित केन्द्रीय कार्यालयका कर्मचारी, नेताहरुको पीएसओ, चालक लगायतमा कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेसले केन्द्रीय समितिको बैठक स्थगित गरेको हो ।

पछिल्लो राजनीतिक अवस्था र आसन्न १४ औं महाधिवेशनको तयारीका विषयमा छलफल गर्न कांग्रेसले बुधबार केन्द्रीय समितिको बैठक बोलाएको थियो ।

बैठकअघि कांग्रेसले नेताहरुको पीसीआर परीक्षण अनिवार्य गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *