Sajhamanch Archive

प्रधानमन्त्री ओली आइसोलेसनमा हुनु हुन्न : विष्णु रिमाल

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्वास्थ्य, by .

काठमाडौं । बालुवाटार बैठकमा सहभागी नेताहरुमा कोरोना संक्रमण देखिएपछि नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका छन् । तर, आइसोलेसनमा नरहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

“प्रधानमन्त्री आइसोलेसनमा हुनु हुन्न,“ उनले भने ।

गएको आइतबार बालुवाटरमा बसेको एमालेको दशौँ महाधिवेशन आयोजक कमिटी बैठकका केही सदस्यहरुलाई कोरोना संक्रमण भएको छ । ऊर्जामन्त्री समेत रहेका टोपबहादुर रायमाझीसहित नेताहरु खिमलाल भट्टराई, विष्णु रिजाल, माधव ढुंगेलमा संक्रमण पुष्टि भएको छ ।

सरकारले नै जारी गरेको स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै एमालेको बैठक बसेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *