Sajhamanch Archive

भारतमा भएका नेपालीहरूका लागि हटलाइन टेलिफोन सेवा सुरु

Published: in विश्व समाचार, स्वास्थ्य by .

झापा । गैरआवासीय नेपाली संघले भारतमा भएका नेपालीहरुको सहयोगार्थ हटलाइन (टेलिफोन) सेवा सुरु गरेको छ ।

भारतमा तीव्र रुपमा बढ्दै गएको कोभिड १९ को प्रकोपबाट ठूलो संख्यामा नेपाली प्रभावित भएपछि संघले स्वास्थ्य सेवा दिने उदेश्यले सो सेवाको सुरुवात गरेको हो ।

कोरोना भाइरससम्बन्धी कुनै समस्या भए भारतमा भएका नेपालीहरुले फोन, टेक्ट, भाइवर, ह्वाट्सएप, इमेलमार्फत त्यहाँ रहेका चिकित्सकहरूसँग सिधै सम्पर्क राख्न सक्ने संघले जनाएको छ ।

हटलाइन मार्फत नेपालीहरुले अतिआवश्यक बाहेकका सेवाहरु लिन सक्ने गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाले जानकारी दिए । सो सेवा सञ्चालन गर्नका लागि डा. अरुण पौडेल (नयाँ डिल्ली), डा.अविरल निधि (नयाँ डिल्ली), डा. सागर पौडेल (नयाँ डिल्ली), प्रभावत अधिकारी (नेपाल) रहेको चिकित्सकहरुको टोली खटिएको हो ।

कोरोना भाइरसको संक्रमण कारण हालसम्म भारतमा ६१ जना नेपालीको ज्यान गएको छ भने तीन हजार भन्दा बढी नेपालीमा कोरोना संक्रमण देखिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *