Sajhamanch Archive

काठमाडौंमा १५ सयलाई होल्डमा राखियो, ४४ सय प्रहरी परिचालन

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

काठमाडौं । काठमाडौंमा निषेधाज्ञा उल्ङ्घन गरेको आरोपमा १५ सय जनालाई प्रहरीले होल्ड गरेको छ । विभिन्न स्थानमा बनाइएका होल्डिङ सेन्टरमा उनीहरुलाई होल्ड गरिएको हो । आजमात्रै सानाठूला ९१९ सवारी साधनसमेत होल्ड गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए ।

होल्ड गरिएका सवारी साँझमात्रै प्रहरीले छाड्दै आएको छ ।

निषेधाज्ञाको पालना गराउन काठमाडौंमा मात्रै ४४ सयभन्दा बढी प्रहरी परिचालन गरिएको एसएसपी सिंहले बताए । उनका अनुसार एक ‘सिफ्ट’मा एक हजार ४६० प्रहरी परिचालन गरिन्छ । तीन ‘सिफ्ट’मा गरेर ४४ सय प्रहरी फिल्डमा खटिने गरेको उनले बताए ।

प्रहरीले निषेधाज्ञामा पास नभएकाहरुलाई समेत कामको प्रकृती हेरेर सहजीकरण गरिरहेको एसएसपी सिंहको भनाइ छ ।

यस्तै काठमाडौंमा कार्यरत १८ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । विभिन्न युनिटमा कार्यरत प्रहरीमा संक्रमण देखिएको हो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *