Sajhamanch Archive

सगरमाथा आरोहण आगामी साताबाट शुरु हुँदै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं । वसन्त ऋतुमा सगरमाथा आरोहणमा पुगेका आरोहीहरु एक साता भित्रै चुचुरोतर्फ जान शुरु गर्ने भएका छन् । पछिल्लो मौसम अपडेट अनुसार पहिलो चरणमा शुक्रबारदेखि मे ९ सम्म सगरमाथामा मौसम अनुकुल हुने पूर्वानुमान रहेको छ । यही समयमा सम्भव भएसम्म आरोहणको केही टोली चुचुरोतर्फ लाग्ने पर्यटन विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिइन् । अहिले सगरमाथा आधार शिविरमा आरोही र उनीहरुको सहयोगी दल करिब पुगिसकेका छन् । सम्पर्क अधिकृतसम्म पुग्ने क्रममा रहेको उनले जानकारी दिइन् ।

‘पछिल्लो मौसम अपडेट अनुसार एक साता अनुकुल देखिएको छ,’ आधार शिविर पुग्ने क्रममा रहेकी आचार्यले भनिन्, ‘यो साता सगरमाथाबाट गुड न्युज आउँछ ।’ कोरोना महामारीका बीच यो पटक हिमाल आरोहणमा भने आरोहीको उत्साह देखिएको छ । सन् २०१९ पछि पहिलो पटक आरोहण हुन लागेको हो । सन् २०२० को आरोहण सिजन भने सरकारले रद्द गरेको हो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *