Sajhamanch Archive

अमेरिकाले नेपाललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि एक अर्ब ३० लाख अनुदान दिने

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by .

काठमाडौं । अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ ।

नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले कोभिड १९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरुप रकम प्रदान गर्ने बताएका हुन् ।

उनले अमेरिकाको पुरानो मित्र नेपाललाई महामारीविरुद्धको लडाइँमा भरथेग गर्न अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग यूएसएआइडी मार्फत रकम उपलब्ध गराइने बताएका छन् ।

कोभिड–१९ विरुद्ध ठूलो सङ्घर्ष गरेको आफ्नो अमेरिका नेपालप्रति ऐक्यबद्धता प्रकट गर्दछ, निर्दयी कोरोनालाई परास्त गर्न नेपाल सफल हुनेछु, उनको ट्विटमा भनिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *