Sajhamanch Archive

मुख्यमन्त्रीको उम्मेद्वार पुनः पोखरेललाई नै बनाउने एमाले संसदीय दलको निर्णय

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by .

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीको उम्मेद्वार पुनः शंकर पोखरेललाई नै बनाउने निर्णय गरेको छ ।

दलका नेता पोखरेलको नेतृत्वमा एमालेको एकल बहुमतको सरकार बनाउने निर्णय भएको प्रदेश सभा सदस्य विष्णु पन्थीले बताए ।

‘दलको बैठक बसेर नयाँ सरकार फेरि शंकर पोखरेलकै नेतृत्वमा बनाउने निर्णय गरेको छ’, उनले भने । पोखरेलले आजै दिएको राजीनामा स्वीकृत भइसकेको छ ।

८१ सदस्यीय प्रदेशसभामा एमालेसँग ४१ सांसद छन् । एमाले बाहेक विपक्षी दलहरुले दर्ता गराएको अविश्वासको प्रस्ताव माथि आजबाट छलफल गर्ने कार्यसूची तय भएको थियो ।

तर, त्यसअघि नै पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिए । यो प्रदेशमा नेकपा माओवादी केन्द्रले दुई र जनता समाजवादी पार्टी जसपाले चार सांसद निस्कासित गरेको फाइदा मुख्यमन्त्री पोखरेलले उठाएका छन् । आज बसेको दलको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु पनि सहभागी थिए ।

लुम्बनीमा विष्णु पन्थी र रमा घर्तिमगर नेता नेपाल निकट नेता हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *