Sajhamanch Archive

नेपाल सुपर लिगमा पोखरा थन्डर्स र ललितपुर सिटी एफसी खेल्दै

Published: in खेलकुद, मिडियाबाट साभार, by .

काठमाडौं । नेपाल सुपर लिग फुटबलमा आज पोखरा थन्डर्स र ललितपुर सिटी एफसी खेल्दै छन् । खेल बेलुका साढे ५ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछ ।

हिजोको खेलमा बुटवल लुम्बिनी र विराटनगर सिटीले २/२ गोलको बराबरी खेल्दै अङ्क बाँडे भने धनगढी फुटबल क्लबले एफसी चितवनलाई ३/० गोल अन्तरले पराजित गरेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता आउँदो जेठ १ गतेसम्म हुनेछ ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ र उपविजेताले १५ लाख रुपैयाँ हात पाउने छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *